गौरीफन्टानाका नजिकै ४ किलो ८ सय ग्राम चरेश सहित २ जना प्रकाउ

धनगढी : कञ्चनपुरको पुर्नवास नगरपालीका ११ शान्ती पुनर्स्थापना केन्द्र नजिकै ४ किलो ८ सय ग्राम चरेश सहित २ जना प्रकाउ परेका छन ।
सोमवार धनगढी बजारबाट दक्षिण भारतको सिमा नाका गौरीफण्टा तर्फ शंकास्पद रुपमा गई रहेको अवस्थामा प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा एक महिला र एक पुरुषलाई प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा कपिलवस्तको शिबराज नगरपालिका वडा नं ९ बस्ने वर्ष २४ का विश्वास थापा, सोही ठाउ बस्ने २५ बर्षकी सिता राना मगरलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायबउपरिक्ष दक्ष कुमार बस्नेतले बताए ।
उनका अनुसार खानतलासी गर्ने क्रममा सिमा राना मगरले कम्मरको भागमा हरियो कपडा भित्र लुकाई छिपाई गरी प्लाष्टिकले बेरी राखेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।
थप कारबाहीका लागी ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती कञ्चनपुरमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
२७ माघ २०७६, सोमवार १०:०८ बजे प्रकाशित