घोडाघोडी बहुमुखी क्याम्पसमा तालाबन्दी

धनगढी : कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ ।घोडाघोडी नगरपालिका १ सुखडमा रहेको क्याम्पसमा विद्यार्थी संगठनले सोमवार तालाबन्दी गरेका हुन् । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा क्याम्पसले रकम असुल्न खोजेको भन्दै विद्यार्थी संगठनहरुले त्यसको विरोध गर्दै तालाबन्दी गरेका हुन् ।

बिहिबार क्याम्पस प्रशासनले स्ववियु निर्वाचनको बिषयमा छलफल गर्न बैठक बसालेको भए पनि कुनै निर्णय नभई बैठक टुङगीएको थियो । तर क्याम्पस प्रशासनले भने बिहिबार बसेको बैठकको निर्णय अनुसार बिद्यार्थीले स्ववियू निर्वाचनमा भाग लिन हाल सम्मको बक्यौता रकम तिर्नुपर्ने तथा निर्वाचनकै लागि २ हजार तिरेर परिचय पत्र बनाउनुपर्ने सहमती भएको भन्दै अनेरास्ववियु र नेविसंघले संयुक्त बिज्ञप्ती निकालेका थिए । विद्यार्थी संगठनहरुले भने त्यस्तो कुनै सहमती नभएको र बिद्यार्थीमा भ्रम फैलाएकाले सूचना सच्याउन माग गर्दै आएका थिए ।


२७ माघ २०७६, सोमवार ०६:५४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु