प्रधानमन्त्री अस्वस्थ

काठमाडौ : प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आइतबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । शनिबार दिउँसो मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री ओलीलाई थप आराम आवश्यक परेपछि बैठक स्थगित भएको थियो ।

नेकपा सचिवालयले बैठक आइतबार बिहान ११ बजे बस्ने तय भएको थियो । केन्द्रिय कमिटीले पास गरेका पार्टीका कार्ययोजना, राजनितिक प्रतिवेदन तथा पार्टीको अन्य कार्यक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो । आइतबार नै अमेरिकी सहयोग अन्र्तगत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारे पनि छलफल गर्ने कार्य तालिका थियो ।


२७ माघ २०७६, सोमवार ०१:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु