सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी फोहोरमैला व्यवस्थापनमा चुनौतीपूर्ण बन्दै

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकामा फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । नगरभित्रको फोहोरमैला व्यवस्थापन गर्नका लागि फोहोरमैला व्यवस्थापन केन्द्र नहुँदा समस्या भएको हो ।

एसियाली विकास बैंकको ऋण अनुदानमा क्षेत्रिय सहरी विकास आयोजनाले निर्माण गर्ने पूर्वाधारअन्तर्गत गोदावरी नगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जग्गाको टुङ्गो लगाएको एक वर्षभन्दा बढी भइसकेको छ । नगरपालिकाले गत वर्ष फोहोरमैला व्यवस्थापन केन्द्रका लागि गोदावरी नगरपालिका वडा नम्बर–३ चौकिडाँडामा जग्गा हेरेको थियो । चौकीडाँडा महिला सामुदायिक वनको १९ कठ्ठा जमिन छनोट गरिए पनि काम अघि बढेको छैन ।


२६ माघ २०७६, आइतवार ०२:१६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु