६ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

धनगढी, १२ माघ ।
कैलाली प्रहरीले ६ ग्राम ब्राउन सुगरसहित एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटेको प्रहरीले राति १ बजे शंकास्पद् अवस्थामा हिडिरहेको किशोरलाई खानतलासी गर्दा ब्राउन सुगर फेला परेको हो ।

भजनी नगरपालिका–३ बर्दवाफाँटा स्थित पथरिया घाट जाने बाटोमा उनलाई पक्राउ गरेको हो । पक्राउ परेका किशोर लम्की चुहा नगरपालिका–६ का हन प्रहरीले उनको नाम गोप्य राखेको छ । ब्राउन सुगर शीर्षकमा मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


१२ माघ २०७६, आइतवार १४:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु