#belauri nagarpalika
#belauri

जाल्पादेवी छाउगोठ मुक्त

#belauri
#bhimdat

कल्पना वोहरा /अछाम : साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीलाई आज छाउगोठ मुक्त वडा घोषणा गरिएको छ । जाल्पादेवीमा रहेका ९५ गोठ भत्काएसँगै महिनावारीको समयममा सुरक्षित रुपमा घरमा बस्न थालेपछि राष्ट्रिय सभा सदस्य शेबहादुर कुँवरले छाउँगोठ मुक्त वडा घोषणा गरेका हुन् ।

जाल्पादेवीसँगै साँफेबगर नगरपालिकाका तीन वटा वडा पूर्ण रुपमा छाउगोठ मुक्त वडा घोषणा भएका छन् । स्थानीय तहको चुनाव अघि वडा नं.६ भाग्यश्वरलाई छाउपडि गोठमुक्त घोषणा गरिएको थियो । यस्तै स्थानीय तहको निर्वाचनपछि वडा नं.११ देवीस्थानलाई छाउपडि गोठमुक्त घोषणा गरिएको थियो । छाउपडि कूप्रथा सम्बन्धी कानून कार्यान्वन पछि पहिलो वडा जाल्पादेवीलाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ ।

गत मंसिर १५ गते राति साँफेबगर ३ शिद्धेश्वरकी २१ वर्षकी पार्वती बुढा रावतको छाउगोठमै ज्यान गएपछि नेपाल सरकारको आदेश पछि अहिले अछाममा छाउगोठ भत्काउने अभियान तिव्र रुपमा अघि बढेको छ ।जाल्पादेवीलाई छाउगोठ मुक्त वडा घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कुँवरले छाउपडि गोठमा जाँदा वर्षेनी महिलाको मृत्यु हुने कुसंस्कारको अन्त्यको लागि सबै लाग्नुपर्नेमा जोड दिए । असुरक्षित घरको रुपमा रहेको छाउगोठ पूर्णरुपमा भत्काउन आवश्यक रहेको र जिल्लालाई छाउपडी गोठमुक्त घोषणा गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले गोठ भत्काएको ठाउँमा फेरि पाल टाँगेर वा भत्काईएका गोठमा बसेको पाएका बस्ने र बसाउने दुवैलाई कानूनी कारबाहि गरिने चेतावनी दिए ।

साँफेबगर नगरपालिकाका उपप्रमुख विर्मलादेवी वुड्थापाले छाउ गोठमा जाँदा महिलाले सबैभन्दा दुःख पाएका हुँदा स्वयम् महिला जागरुक हुनुपर्नेमा जोड दिइन् ।वडा अध्यक्ष कालु सिंह कुँवरले छाउगोठमा बसेर अप्रिय घटनाको पात्र नबन महिलाहरुलाई आग्रह गरे ।


१२ माघ २०७६, आइतवार १२:११ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु