बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

डडेल्धुरा, १२ माघ ।
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा डडेल्धुरा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।डडेल्धुराको आलिताल गाउँपालिका–५, बाहिरीसैन गुरेनीका २८ वर्षीय हुकुम ताम्राकारलाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

१७ वर्षीया बालिकालाई करणी गरेर फरार भएको भन्ने जाहेरीका आधारमा ताम्राकारलाई पक्राउ गरिएको डडेल्धुरा प्रहरीका डीएसपी दधिराम न्यौपानेले बताए।पक्राउ परेका ताम्राकारलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको न्याैपानेले बताए।


१२ माघ २०७६, आइतवार ११:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु