punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रविधिमैत्री बन्दै डडेल्धुराका स्थानीय तह

Chaupati
safha napa

डडेल्धुरा ,११ माघ ।

डडेल्धुराका दुई स्थानीय तहले सुशासन र पारदर्शिताका एवं छिटो छरितो सेवा प्रवाहका लागि थप तीन नयाँ प्रविधि प्रयोगमा ल्याएका छन्। जिल्लाको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाले सूचना प्रविधि अत्याधिक प्रयोग गर्न न्यायिक व्यवस्थापन, कृषि कार्यक्रम, पूर्वाधार व्यवस्थापन प्रणाली, इ-सिफारीस मोबाइल एप्लिकेशनकै रूपमा सञ्चालन हुने भएको छ।

क्यानेडियन सरकार र सेसी नेपालको आर्थिक सहयोग तथा ग्रामीण वातावरण विकास केन्द्र नामक गैरसरकारी संस्थाको सहकार्यमा थप प्रविधिमन्त्री स्थानीय तह बनाउन अभ्यास भइरहेको जनाएको छ।

पूर्वाधार व्यवस्थापनले कहाँ कुन योजना बन्दै छ, कहिले सम्झौता भयो, कहिले सकिँदै छ, उपभोक्ता समितिको विवरण, कति काम भएको छ?लगायत सम्पूर्ण जानकारी यसमा अपडेट रहने सुशासन परियोजना डडेल्धुराका जिल्ला संयोजक मेनका शाहीले बताइन्। ‘हामीले विगतमा दिनमा मोबाइल एपबाट सूचना आदानप्रदान गर्ने, सुशासन र पारदर्शिताका लागि स्थानीय सरकार र नागरिकबीचको सूचना प्रवाहदेखि लिएर पारदर्शिता, जवाफदेहिता लगायतका विषयलाई विगतमा जोड दिएको बताईन ।

अमरगढी नगरपालिका प्रमुख विशेश्वरप्रसाद ओझाले आफ्नो नगरपालिका प्रविधिमन्त्री रहेको दाबी गरे। सेसि नेपालको सहयोगमा अमरगढीमा टेक्नोहपदेखि मोबाइल एफसम्म सञ्चालन गरि राम्रो सेवा प्रवाह भएकाले सबै स्थानीय तहमा प्रयोगमा ल्याउन सुझाव दिए।


११ माघ २०७६, शनिवार १३:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु