पुरुष भेट्रान भलिवल प्रतियोगितामा वडा नम्बर ३ बिजयी

धनगढी,११ माघ ।
धनगढी उप महानगरपालिका वडा नम्बर ४ द्वारा आयोजित पुरुष भेट्रान भलिवल प्रतियोगितामा वडा नम्बर ३ बिजेता बनेको छ । ९ गतेदेखी ११ गतेसम्म सञ्चालन भएको वडा स्तरिया भलिवल प्रतियोगितामा ३ नम्बर वडाले जित हात पारेको हो ।

१२ वटा टिम सहभागी भलिवल प्रतियोगितामा बिजेता बन्दै वडा नम्बर ३ ले नगद ४१ हजार तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै उप बिजेता बन्न सफल वडा नम्बर १२ ले नगद २५ हजार तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । बिजेता टिमले यस्ता प्रतियोगिताबाट खेलकुदको बिकास हुनुका साथै आत्मियताको भावना बढ्ने बिश्वास गरेका छन् ।


११ माघ २०७६, शनिवार १२:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु