punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूपश्चिमका मुख्यमन्त्री तत्काल राजीनामा नगर्ने अडान

Chaupati
safha napa

धनगढी। सत्ता साझेदार दल एमालेले सहकार्य तोड्दै समर्थनसमेत फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री तत्काल राजीनामा नदिने अडानमा देखिएका छन् । एमाले संसदीय दलले असार ३१ मा मुख्यमन्त्री शाहलाई दिइएको समर्थन फिर्ता लिइरसकेको छ ।
मुख्यमन्त्री अल्पमतमा परिसकेको, एमाले र नेकपाबीच सत्ता सहकार्यको सहमति भइसकेको उल्लेख गर्दै नेकपाले समेत उनलाई मार्गप्रसस्त गर्न भनिसकेको छ । अल्पमतमा परे पनि मुख्यमन्त्री शाह तत्काल राजीनामा नगर्ने अडानमा छन् । ‘संवैधानिक व्यवस्थाअनुरूप निर्णय लिन्छु,’ मुख्यमन्त्री शाहले भने, ‘अझै समय छ ।’

सरकार अल्पमतमा परेपछि वा साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अभ्यास छ । मुख्यमन्त्री शाह सोही प्रावधानअनुरूप अघि बढ्ने मनस्थितिमा देखिएका छन् । ‘२८ गतेतिर निर्णय लिनु पर्ला,’ उनले भनेका छन् ।

यसअघि प्रदेशमा सत्ता सहकार्य गरिरहेका एमाले र कांग्रेसबीच सुदूरपश्चिमबाटै खटपट सुरु भएको थियो । बजेट निर्माणमा भागबण्डालाई लिएर सुदूरपश्चिमबाट सुरु भएको दुई दलबीचको खटपट सातवटै प्रदेशमा सत्ता सहकार्य टुट्ने अवस्थामा पुगेपछि एमाले र नेकपाबीच नयाँ समीकरण बनेको थियो ।

सुदूरपश्चिम सरकार हाल बजेट शून्यताको अवस्थामा छ । शाह नेतृत्वको सरकारले असार १ मा ल्याएको बजेट एमालेकै असहयोगका कारण पारित हुन सकेन ।

साउन १ देखि सुदूरपश्चिम सरकार बेखर्ची अवस्थामा छ । बजेट नभएको अवस्थामा प्रदेश सरकारले कुनै पनि खर्च गर्न नपाउने अवस्था छ । ‘अत्यावश्यक खरिदका कार्य उधारोमै गर्नु पने अवस्था छ,’ आर्थिक मामिला मन्त्रालयका उपसचिव धनबहादुर रोकायाले भने, ‘बजेट कहिले आउने हो ठेगान छैन ।’


१८ साउन २०८३, सोमवार ०९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु