ओली र लेखकलाई आज अदालत उपस्थित गरिने

काठमाडौं। हिजो (शनिबार) पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालत पेस गरिँदैछ ।

हिजो सार्वजनिक बिदा भएकाले ओली र लेखकलाई प्रहरीले आज अदालतमा पेस गर्न लागेको हो । ओली पक्राउपछि अस्पतालमा भर्ना भएका छन् भने लेखकलाई २ नम्बर गण महाराजगन्जमा राखिएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।

कार्की आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङलगायतविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।


१५ चैत २०८२, आइतवार ०८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु