हँसिया प्रहार गरी सौतेनी आमाको हत्या

कञ्चनपुरको दोधाराचाँदनीमा  हँसिया प्रहार गरी एक वृद्धाको हत्या भएको छ । दोधाराचाँदनी नगरपालिका– ४ मान्या चौराहमा मंगलबार राति ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या भएको हो । घाँटीमा हँसिया प्रहार गरिएको बिन्दाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, आक्रमणमा परेर बिन्दाकी ५५ वर्षीया छोरी भगवतीदेवी श्रेष्ठ (माझी) घाइते भएकी छन् । उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले बताएको छ ।

हत्या आरोपी हरिप्रसाद श्रेष्ठ बिन्दाका ५० वर्षीय सौतेनी छोरा हुन् । उनी घटनापछि फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


४ चैत २०८२, बुधवार ०९:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु