बाजुरामा ढुंगाले हानेर बुवा-छाेराले गरे युवकको हत्या
बाजुरा। बाजुरा बाजुरामा ढुंगा प्रहार गरि एक युवकको हत्या गरिएको छ ।
स्वामीकार्तिक गाउँपालिका-२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको टाउकोमा ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले स्थानीय धनबहादुर महतरा र उनका छोरा हेमराज महतराले कुटपिट गरी बुढाकाे ढुंगाकाे प्रहार गरेकाे बताए ।
३ चैत २०८२, मंगलवार ११:४८ बजे प्रकाशित













