कैलालीमा दिउँसो २ बजेसम्म ३६ प्रतिशत मत खस्यो
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कैलालीमा दिउँसो २ बजेसम्म ३६ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार दिउँसो २ बजेसम्म २ लाख २ सय २२ मत खसेको छ।
प्राप्त विवरणअनुसार यस अवधिमा सबैभन्दा बढी निर्वाचन क्षेत्र न. ५ मा ५४ हजार २८२ मत खसेको छ। दोस्रोमा निर्वाचन क्षेत्र न.४ मा ४४ हजार ९३० जनाले भोट हालेका छन्।
५ निर्वाचन क्षेत्र रहेको यहां ५लाख ५१ हजार ५२ मतदाता रहेका छन् ।
कुन निर्वाचन क्षेत्रमा कति मत खस्यो

२१ फागुन २०८२, बिहीवार १६:०२ बजे प्रकाशित













