प्रतिनिधि सभा निर्वाचन : देशभर ३३ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार दिउँसो २ बजेसम्म ६ लाख २२ हजार ४२ मत खसेका छन्।

प्राप्त विवरणअनुसार यस अवधिमा सबैभन्दा बढी कोसी प्रदेशमा ११ लाख ४९ हजार ५७१ मत खसेका छन्। दोस्रोमा मधेस प्रदेशमा १० लाख २४ हजार ४४१ जनाले भोट हालेका छन्।

यसपछि लुम्बिनीमा ९ लाख ७७ हजार ४१९ मत खसे‍का छन्। यसैगरी बागमती प्रदेशमा ८ लाख ५३ हजार ५२९ जनाले मत हालिसकिएको छ। यद्यपि यो तथ्यांकमा काठमाडौं उपत्यकाका तीन जिल्लामा खसेका मत जोडिएको छैन।

कुन प्रदेशमा कति ?


२१ फागुन २०८२, बिहीवार १५:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु