punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुजारीको गोली हानेर हत्या

Chaupati
safha napa

रौतहट, भदौ ४ । रौतहटमा अज्ञात समूहले गोली हानेर एक पुजारीको हत्या गरेको छ । जिल्लाको माधवनारायण नगरपालिकाका वडा नं.२ खेसरहिया स्थित हनुमान मन्दिरको पुजारी श्रीराम साहको गोली हानेर हत्या गरिएको हो ।

पुजारी साहले खाना खाइरहेको अवस्थामा अज्ञात समूहले बुधवार राती करिब सवा ९ बजेको समयमा कन्चटमा गोली हानेर हत्या गरेको स्थानीयले बताएका छन् ।

आँफैले बनाएको हनुमान मन्दिरको पुजारीको रूपमा रहेका श्रीराम साहले खाना खाँदै गरेको अवस्थामा अपरिचित व्यक्तिको समूहले बाया कन्चटमा गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरू खोजी तिब्र बनाइएको प्रहरीले जनाएको छ ।


४ भदौ २०७७, बिहीवार ००:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु