punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नयाँ नेकपा–एमाले पार्टी आयोगमा दर्ता, चिन्ह उदाउँदो सूर्य

Chaupati
safha napa

काठमाडौं, भदौ ३ । निर्वाचन आयोगमा नयाँ नेकपा–एमाले नामको राजनीतिक दल दर्ता भएको छ । गत असारमा सन्ध्या तिवारीको नेतृत्वको समूहले नेकपा–एमाले दल दर्ताका लागि दिएको निवेदनका आधारमा निर्वाचन आयोगले दल दर्ता गरेको हो ।

तत्कालीन नेकपा–एमाले र नेकपा (माओवादी–केन्द्र) एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि एमाले नाम खाली थियो।
अधिकारीकाअनुसार सो दललाई निर्वाचन चिन्हको रुपमा डाँडामाथि उदाउँदो आधा सूर्य दिइनेछ।

एमाले दल दर्ताका लागि सो समुह आयोगमा निवेदन दिएपछि प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षीय नेताहरुबीच विवाद भएको थियो। ओलीमाथि नयाँ पार्टी दर्ता गर्न लागेको आरोप लगाइएको थियो ।


३ भदौ २०७७, बुधवार १०:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु