punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा कांग्रेसबाहेक अन्य सबै दलले टुंग्याए उम्मेदवार

Chaupati
safha napa

बझाङ। फागुन २१ गते हुने निर्वाचनका लागि बझाङमा कांग्रेसबाहेकका अन्य सबै दलले उम्मेदवार टुङगो लगाएका छन् । प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा एमाले, नेकपा, रास्वपा र नेकपा माओवादीले भने उम्मेदवारको छनौट गरिसकेका छन् । नेकपा एमालेले केन्द्रिय सदस्य ऐन महरलाई उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा उनी नेकपा एकिकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीसँग पराजित भएका थिए । शनिवार बसेको एमाले सचिवालयको बैठकले अर्का केन्द्रिय सदस्य अफिलाल ओखेडालाई उम्मेदवारको रुपमा घोषणा गरे पनि आइतवार उनको ठाउँमा ऐन महरलाई अघि सारिएको एमालेले जनाएको छ ।

प्रचण्ड नेतृत्वको नेपाली कम्यूनिष्ट पार्टीले मिनबहादुर कुँवरलाई उम्मेदवाररुपमा मैदानमा उतारेको छ । कुँवर एमाले र माओवादी मिलेर नेकपा बन्दा उक्त पार्टीको बझाङ जिल्ला अध्यक्ष थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले शैलेसकुमार सिंहलाई प्रतिनिधी सभा उम्मेदवार बनाएको छ । सफल व्यवसायीको रुपमा सुदूरपश्चिममा चर्चामा आएका सिंह तलकोट गाउँपालिकाका स्थानिय हुन । उनले धनगढीमा कलेज खोलेर रोजगारमुलक व्यवसायिक तथा प्राविधिक शिक्षाको क्षेत्रमा काम गरिरहेका छन । यस्तै विप्लव नेतृत्वको नेकपा माओवादीले भरत मल्ललाई उम्मेदवारको रुपमा अघि सारेको छ । उनि जनयुद्धकाल देखी माओवादी आन्दोलनमा लागेका मल्ल लामो समय देखी विप्लव नेतृत्वको पार्टीमा पुर्णकालिन भएर काम गरिरहेका छन ।

अन्य सबै दलले उम्मेदवारको टुङगो लगाएको भए पनि नेपाली काँग्रेसले भने बझाङका लागि उम्मेदवार छनौट गर्न सकेको छैन । काँग्रेसमा सहमहामन्त्री प्रकाश रसाइली, पुर्वराज्यमन्त्रीहरु नरेसबहादुर सिंह, सुरेस मल्ल उम्मेदवारका आकांक्षी छन् । यस्तै सत्यराज भण्डारी, अभिषेक बहादुर सिंह लगायत नेताहरु पनि उम्मेदवारको आकांक्षी देखिएका छन ।

पार्टीमा देखिएको विभाजनका कारण उम्मेदवार छनौटमा ढिलाई भैरहेको र सोमबार दिउँसो सम्म टुङगो लाग्न सक्ने नेता सत्यराज भण्डारीले बताए ।‘विभिन्न चरणमा वार्ता भैरहेका छन । सोमवार दिउँसो सम्म कसले टिकट पाउने भन्ने टुङगो लागिसक्छ,’ उनले भने ।


५ माघ २०८२, सोमवार १३:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु