punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्रीले के-के भने

Chaupati
safha napa

धनगढी।गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने बताएका छन्। मङ्गलवार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फागुन २१ गते नै निर्वाचन हुने दाबी गरेका हुन्।

गृहमन्त्री अर्यालले सरकारको मुख्य जिम्मेवारी नागरिकलाई सुरक्षा प्रदान गर्दै र सुशासन कायम गर्नु र समयमै निर्वाचन गर्नु रहेको बताएका छन्।यो सरकारको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्दै सुशासन कायम गर्नु र निर्वाचन गर्ने हो। सरकारले पाएको म्यान्डेड पनि चुनाव गर्नु नै हो,उनले भने,निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण रुपमा चुनाव तोकिएकै समयमा हुन्छ।

गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन गरिएको बताए। उनले राजनीतिक दललाई निर्वाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण बनाउन सरकार सक्रिय रहेको बताएका छन्।यो सरकार सबैको साझा सरकार हो, हामी कसैलाई पनि विभेद गर्दैनौँ। कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध हुँदैन,उनले भने,निर्वाचनको वातावरण निर्माण गर्न प्रदेश सरकारको पनि उत्तिकै भूमिका रहेको छ।

गृहमन्त्री अर्यालले राज्यका सबै संयन्त्र निर्वाचनको वातावरण निर्माण गर्न क्रियासिल रहेको बताएका छन्। सुरक्षा अवस्थालाई विश्लेषण गरी आवश्यक कदम चाल्न सरकार तयार रहेको उनले बताएका छन्।


१६ मंसिर २०८२, मंगलवार १२:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु