आज मनसुनको न्यून चापीय रेखा तराई क्षेत्र नजिक, भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले आज दिनभर र राति देशभरको मौसम बदली रहनेछ।

आज दिनमा देशभर साधारणतया बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभरको मौसम बदली रहनेछ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ।

भारी वर्षाका कारण नदीहरूको जलस्तर बढ्ने, बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।


१९ साउन २०८२, सोमवार ०७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु