अछामकी बिनाको धनगढीको केजी हस्पिटलमा मृत्यु
धनगढी।धनगढीको केजी हस्पिटलमा एक महिलाको मृत्यु भएको छ।
हस्पिटलमा उपचाररत अछामको मंगलसेन नगरपालिका–१ घर भएर धनगढीमा डेरा गरि बस्ने ५६ वर्षीया बिना चौधरीको आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार चौधरी फोक्सो, पिसाब र सुगर सम्बन्धी बिरामी रहेकी थिइन्। उनी श्रीमान भोला चौधरीसँगै धनगढी उपमहानगरपालिका–२ मा बस्दै आएकी थिइन्।
९ फागुन २०८१, शुक्रवार १२:१६ बजे प्रकाशित












