शैक्षिक महोत्सवले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्नेः पूर्वमन्त्री देउवा

धनगढी। सुदुरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवाले धनगढीमा गरिएको राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने बताउनु भएको छ । आज धनगढीमा नवौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ के समापन गर्दै पुर्वमन्त्री देउवाले महोत्सवले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन महत्वपुर्ण टेउवा पुराउने बताउनु भएको हो । उहाँले शैक्षिक महोत्सवले शिक्षा क्षेत्रलाई सुचनामैत्री र समय सुहाउँदो बनाउनका लागि कोसेढुंगा साविक भएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि नयाँ व्यवस्था आवश्यक रहेको दावी गर्नुभयो । उहाँले कैलाली क्षेत्र नम्बर ५ को विकासका लागि आफु सधैं लागिरहेको र यसक्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सकियो, एक लाख बढी दर्शकद्धारा अवलोकन
धनगढीमा भएको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ सकिएको छ । १४ बर्षपछि धनगढीमा भएको शैक्षिक महोत्सव पुस ९ गतेदेखि सुरु भएको शैक्षिक महोत्सव सकिएको हो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालको अध्यक्षमा सम्पन्न समापन समारोहका प्रमसख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवा रहनु भएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्दै औपचारिक रुपमा समापन गरिएको हो ।

सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ भएको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा सुदुरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामाग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्बन्धित निकायहरुका गरी एक सय बढी स्टल रहेका थिए । महोत्सवलाई एक लाख बढी दर्शकले अवलोकन गरेका छन् ।


१६ पुस २०८१, मंगलवार ११:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु