परराष्ट्रमन्त्री राणाले कैलालीको चिसापानीमा केबलकारको शिलान्यास गर्दै

धनगढी।आरजु राणा देउवाले आज कैलालीको चिसापानीमा निर्माण गर्न लागिएको केबलकारको शिलान्यास गर्ने कार्यक्रम छ। झण्डै ७ अर्बको लगानीमा निर्माण गर्न लागिएको यस केबलकारको उद्घाटन आज दिउँसो हुनेछ।

केबलकार परियोजना नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कैलालीका पूर्व सभापति सूर्यबहादुर थापाको लगानीमा निर्माण गर्न लागिएको हो।

यस परियोजनालाई एक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। परराष्ट्रमन्त्री देउवा हिजो नै सुदूरपश्चिम क्षेत्र पुगिसकेकी छिन् र आज अन्य कार्यक्रमहरूमा पनि सहभागी हुने जनाइएको छ


१३ पुस २०८१, शनिवार १०:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु