निकोलस भुसालको दाबी- ‘रविको भाइरल फोटो’ मैले खिचेको हुँ, माफी चाहन्छु
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक डा. निकोलस भुसालले सामाजिक सन्जालमा भाइरल भइरहेको रवि लामिछानेको तस्वीर आफूले खिचेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा भाइरल तस्वीर वास्तविक नै रहेको उनको दाबी छ । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी पनि मागेका छन् ।
‘फोटो रियल हो मैले नै खिचेको हो । गल्ती भएको हो माफी चाहन्छु,’ उनले लेखेका छन्, ‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न गएको थिएँ ।’
डा. भुसालले दुई दिनअघि नै यो फोटो फेसबुकमा राखेका थिए र पछि डिलिट गरेका थिए ।
बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले फोटो फेसबुकमा राखेपछि भाइरल भइरहेको छ ।
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रास्वपा सभापति लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।
४ पुस २०८१, बिहीवार ११:२७ बजे प्रकाशित












