रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराइएको छ ।

उनीसहित छविलाल जोशी, लीला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले  जनाएको छ ।

तिहार बिदाकै बेलामा म्याद सकिएकाले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले उनीहरूलाई अदालतमा उपस्थित गराएको हो ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र पूर्वडीआईजी जोशी पोखराको सुदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ । पछाईं र खनाल गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँग जाेडिएका व्यक्ति हुन् ।

लामिछाने कुनैबेला गोरखा मिडिया प्रबन्ध निर्देशक थिए । जोशी यसका सञ्चालक हुन् । यही परिपेक्षमा उनीहरूलाई सहकारीको रकम अपचलनको आरोप लागेको हो ।

 


२० कात्तिक २०८१, मंगलवार ११:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु