विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्ने
काठमाडौं। आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति सवा ९ बजे सुरु हुनेछ । आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ ।
लिग २ मा ९ खेल खेल्दा केवल १ जित सहित ३ अंक जोडेको नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । अमेरिका १० खेलमा १४ अंक सहित दोस्रो स्थानमा छ। स्कटल्याण्ड ८ खेलबाट ११ अंकका साथ चौथो स्थानमा रहेको छ ।
लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स यूएई सम्मिलित छन् ।
१३ कात्तिक २०८१, मंगलवार ०८:१३ बजे प्रकाशित













