धनगढीमा गिट्टी र बालुवाको दिगो उत्खनन, प्राकृतिक स्रोत सुरक्षणका उपायहरू सम्बन्धि ३ दिने तालिम सुरु

धनगढी । गिट्टी र बालुवाको दिगो उत्खनन, प्राकृतिक स्रोत सुरक्षणका उपायहरू सम्बन्धि तीन दिने तालिम धनगढीमा सुरु भएको छ । USAID को जल जंगल परियोजनाको आर्थिक सहयोगमा इन्भाइरोमेन्ट  इन्जिनियरिङ्ग रिसर्च सेन्टरको आयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो।

तीन दिने तालिममा गिट्टी, बालुवा जस्ता निर्माण सामग्रीहरूको उत्खनन गर्दा त्यस्ले पार्ने पर्यावरणीय प्रभाव तथा सामाजिक प्रभावलाई न्यूनीकरण गर्दै दिगो विकासका लक्ष्यलाई समर्थन गर्ने उद्देश्यले “प्राकृतिक स्रोतको संरक्षण मार्फत दिगो गिट्टी र बालुवा उत्खनन विषयमा छलफल गरिने छ ।

तालिमको उद्देश्य गिट्टी र बालुवाको उत्खनन गर्दा उत्पन्न हुने पर्यावरणीय र सामाजिक प्रभावलाई न्यूनीकरण गर्दै दिगो विकासलाई प्रवर्द्धन गर्नु रहेको छ ।

तालिममा कैलाली र कञ्चनपुरका समन्वय समितिका अधिकारी, इन्जिनियर, गैरसरकारी संस्थाका प्रतिनिधिहरू, निर्माण व्यवसायी, र वातावरण पत्रकारहरूको सहभागीता रहेको छ । तालिम कार्तिक १४ गते समापन हुनेछ।


१२ कात्तिक २०८१, सोमवार १८:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु