बागलुङमा बाबुले गरे ६ वर्षीय नाबालक छोरालाई भीरबाट फालेर हत्या

बागलुङ । बागलुङमा एक बाबुले आफ्ना ६ वर्षीय नाबालक छोरालाई भीरबाट फालेर हत्या गरेका छन् ।

जिल्लाको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले आफ्ना ६ वर्षीय छोरा किस्मतलाई मंगलबार साँझ भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले बताए ।

केशवले बागलुङ नगरपालिका–३  को भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

किस्मत घटनास्थलबाट २ सय मिटर तल काठेखोलामा मृत्त अवस्थामा फेला परेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए । प्रहरीले हत्यामा संलग्न केशवलाई  मंगलबार साँझै नियन्त्रणमा लिएको छ ।


३० असोज २०८१, बुधवार १०:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु