भीरबाट लडेर घाइते भएकी रोहिताको उपचारका क्रममा मृत्यु
डोटी। डोटीमा भीरबाट लडेर घाइते भएकी एक महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको जोरायल गाउँपालिका–४ नक्कुकी ३४ वर्षीया रोहिता बोहराको रहेको प्रहरीले जनाएको छ।
उनी घरदेखि कैलालीको सहजपुर जानेक्रममा जोरायल–४ स्थित पत्थरखानी भिरबाट लडेर करिब एक सय मिटर तल खसी घाइते भएकी थिइन्। उपचारका क्रममा उनको धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
४ असोज २०८१, शुक्रवार २१:३८ बजे प्रकाशित












