गुडिरहेको पिकअपभ्यानमा माथिबाट पहिरो खस्दा एक महिलाको मृत्यु
ताप्लेजुङमा गुडिरहेको पिकअपभ्यानमा माथिबाट खसेको पहिरो सहितको ढुङ्गा लाग्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका जाँदै गरेको मे१ज १३६२ नंको पिकअपभ्यानमाथि फक्ताङलुङ गाउँपालिका—३ सिवा क्षेत्रमा पहिरोसहितको ढुङ्गा खसेको थियो ।
टाउकोमा गम्भीर चोट लागेपछि गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
२९ भदौ २०८१, शनिवार २२:४३ बजे प्रकाशित













