घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य१सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम थियो। जुन मूल्य हालसम्मकै उच्च हो।

आज चाँदीको मूल्य  भने बढेको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।


२७ भदौ २०८१, बिहीवार ११:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु