नाबालिकामाथि बलात्कार आरोपमा कञ्चनपुर घर भएका प्रहरी जवान पक्राउ

हेटौडा । १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट छन् ।

१७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए ।

उनका अनुसार नाबालिकामाथि जबरजस्ती करणी गर्ने प्रहरी जवानलाई १६ जेठमै पक्राउ गरिएको हो । प्रहरीले उनीमाथि अनुसन्धान सकेर फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको जनाएको छ ।


७ असार २०८१, शुक्रवार १४:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु