सुनको मूल्य आज ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असार ७ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।

सुन आज तोलामा एक हजार ९ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


७ असार २०८१, शुक्रवार १२:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु