कैलालीबाट पाँच जना फरार प्रतिवादी पक्राउ

धनगढी । कैलालीले प्रहरीले पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विहीबार जिल्लाका विभिन्न स्थानबाट पाँच जना फरार प्रतिबादीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार किर्ते मुद्दामा ५ महिना ८ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–१५ बस्ने ४० वर्षीय राम कृष्ण राना, किर्ते मुद्दामै ५ महिना ८ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–१५ का ३० वर्षीय राम अप्तार राना पक्राउ परेका छन्।

यस्तै सार्वजनिक मुद्दामा २ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–७ का ३० वर्षीय प्रकाश खडायत, लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको गोदावरी नगरपालिका–५ बस्ने २५ वर्षीय हरिकुमार खुना र सोही मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको टीकापुर नगरपालिका–३ का ३४ वर्षीय रामसेवक चौधरी पक्राउ परेका हुन्।

 


७ असार २०८१, शुक्रवार ०९:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु