१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ५९ वर्षीय पुरुष पक्राउ
तनहुँ । १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा तनहुँको बन्दिपुर गाउँपालिका–१ नाहाला बस्ने ५९ वर्षीय बम बहादुर कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कुँवरले ती बालिकालाई आइतबार दिउँसो ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
६ असार २०८१, बिहीवार १३:२२ बजे प्रकाशित













