सुनको मूल्य स्थिर, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ ।
मंगलबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (बुधबार) पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज सामान्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।
५ असार २०८१, बुधवार १०:५७ बजे प्रकाशित












