६० केजी सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौँ । ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी रहेको केन्द्रीय अनुसन्धान व्यरो (सीआईबी)ले जनाएको छ ।

उनीहरुलाई भारतमा पक्राउ गरेर काठमाडौँमा ल्याएको बताइएको छ । उनीहरूको न्युरोडमा सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएको छ ।

तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए । यससंगै दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको संख्या २० जना पुगेको छ ।


५ असार २०८१, बुधवार ०९:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु