आगामी आर्थिक वर्षदेखि कृषिमा लगानी दशक घोषणा गरिने
राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन
काठमाडौँ, १ जेठ ःराष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
काठमाडौं, जेठ १ । आर्थिक वर्ष २०८१/८२ देखि कृषिमा लगानी दशक घोषणा गरिने भएको छ ।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले निजी सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गरिने पनि बताएका छन्।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि आधुनिकीकरण व्यावसायीकरण एवम् बजारीकरणको स्पष्ट मार्गचित्र तय गरी कार्यान्वयनमा ल्याइने छ ।
उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गरिने सरकारको नीति छ ।
१ जेठ २०८१, मंगलवार १६:१८ बजे प्रकाशित













