गरिबलाई विद्युतीय चुलो निःशुल्क

काठमाडौं, जेठ १ । सरकारले आगामी आर्थिक वर्षमा गरिब घर पहिचान गर्ने भएको छ ।

मंगलबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् ।

गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गरिनेछ ।

पहिचान भएका गरिबलाई स्थानीय तहमार्फत निःशुल्क बीमा, विद्युतीय चूलो लगायतका सामाग्री उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।


१ जेठ २०८१, मंगलवार १६:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु