धनगढी फन पार्कबाट ब्राउनसुगरसहित एक जना पक्राउ
प्रहरीले धनगढीमा २ ग्राम ३ सय ६० मिलिग्राम ब्राउनसुगरसहित १ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका(२ फन पार्कबाट उक्त परिमाणको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित कैलालीकै गोदावरी नगरपालिका(१ का २५ वर्षीय बिजय बिष्टलाई सोमबार दिउँसो पक्राउ गरेको हो।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा विष्टको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
२६ मंसिर २०८०, मंगलवार १२:२८ बजे प्रकाशित












