तीन दिनमा २ हजार भन्दा बढीले घटयो सुनको मूल्य

अघिल्लो हप्ता आकासिएको सुनको मुल्य लगातार घटिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सार्बजनिक गरेको मूल्यसुची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ ।

महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा नै ७०० रुपैयाँले घटेको जनाएको छ ।

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ । सोमवार मात्रै छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

गत हप्ताको अन्तिम शुक्रबारको तुलनामा आइतबार मात्रै एकै दिन १३ सय रुपैयाँले मूल्य घटेर कारोबार गरेको थियो ।
सुनको मूल्य लगातार तेस्रो दिन गिराबट आए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम भएको ।


२६ मंसिर २०८०, मंगलवार १२:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु