सुदूरपश्चिम महोत्सवमा आज कुन-कुन कलाकारहरूको प्रस्तुति ?

 सुदूरपश्चिम महोत्सवको आज तेस्रो दिन । हिजो जस्तै आज पनि महोत्सवका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति दिने भएका छन् ।
कैलाली उद्योग वाणिज्य सङ्घका सदस्य मिलन कुँवरका अनुसार आज चर्चित गायक प्रताप दास  र टङ्क तिमिल्सीनाको प्रस्तुति रहने छ ।
आज शनिवार भएको हुँदा पनि महोत्सवमा दर्शकहरू बढि हुने अपेक्षा गरिएको छ । त्यसैमा प्रताप दास  र टङ्क तिमिल्सीनाको प्रस्तुतिले दर्शकहरू रमाउने अपेक्षा उद्योग वाणिज्य सङ्घको छ ।
मङ्सिर २२ देखि सुरु भएको महोत्सव पुस २ गते सम्म सञ्चालन हुनेछ ।

२४ मंसिर २०७९, शनिवार ०९:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु