punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बर्नार्ड अर्नाल्ट बने विश्वकै सर्वाधिक धनी व्यक्ति, तेस्रोमा भारतीय अर्बपति गौतम

Chaupati
safha napa

टेस्ला तथा स्पेसएक्स कम्पनीका संस्थापक एलन मस्कलाई पछि पार्दै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । सन् २०२१ देखि विश्व धनाढ्य व्यक्तिको पहिलो नम्बरमा एलन मस्क रहेका थिए ।

विश्व प्रसिद्ध फ्रोब्स म्यागेजिनको रियल टाइम इन्डेक्सअनुसार हाल अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनी फेसन ब्राण्ड लुई भिटनको प्यारेन्ट कम्पनी एलभीएमएचका मालिक हुन् ।

हाल उनको रियल टाइम अर्निङ १८६.६ बिलियन डलर रहेको छ । दोस्रो स्थानमा रहेका एलन मस्कको रियल टाइम अर्निङ १८५.४ बिलियन डलर रहेको छ ।

यस्तै १३४.८ बिलियन डलरका साथ भारतीय अर्बपति गौतम अडानी विश्व धनाढ्य व्यक्तिको तेस्रो स्थानमा छन् ।


२२ मंसिर २०७९, बिहीवार १७:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु