आजको मौसम कहाँ–कस्तो रहने छ ?
देश १, बागमती र गण्डकी प्रदेशमा आजको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिएका छन् ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
अहिले बिहान मधेस र बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
१४ असोज २०७९, शुक्रवार ०९:१२ बजे प्रकाशित












