लायन्स क्लब धनगढीद्वारा कैलाली उद्योग वाणिज्य संघ मार्फत बाढी पहिरो पीडितलाई राहत हस्तान्तरण
लायन्स क्लब अफ धनगढी इनोभेटिभले अछामका बाढीपहिरोपीडितहरुलाई कैलाली उद्योग वाणिज्य संघ मार्फत राहत उपलब्ध गराएको छ ।धनगढीमा सोमबार लायन्स क्लब अफ धनगढी इनोभेटिभले संघको प्राङ्गणमा एक कार्यक्रम गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरलाई राहत साम्रगी हस्तान्तरण गरेको हो ।
लायन्स क्लबले उद्योग वाणिज्य संघलाई तीस हजार बराबरको राहत साम्रगी हस्तारण गरेको छ । राहत साम्रगीमा चामल, सोयबरी, चिउरा, दाल भुजालगायत दिएको छ । राहत साम्रगी बुझ्दै उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले प्राप्त राहत साम्रगीलाई छिटो भन्दा छिटो पीडित सामु पुगाउने बताए । उनले लायन्स क्लबलाई धन्यवाद समेत दिए ।
आउँदा दिनहरुमा पनि यस्तै मानवीय कार्यमा अग्रसता देखाउन उनले आग्रहसमेत गरे ।लायन्स क्लब अफ धनगढी इनोभेटिभका अध्यक्ष राकेशकुमार गुप्ताले थोरै मात्रामा भएपनि पीडितको घाउमा मल्हमस्वरुप केही राहत साम्रगी सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताए । आगामी दिनमा पनि लायन्स क्लबद्वारा पीडितहरलाई सहयोग गर्दै अगाडि बढने उनले बताए ।
शुक्रबार रातिको अविरल वर्षापछि आएको पहिरोले अछामको कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा परेर २२ जनाले ज्यान गुमाएका थिए ।
३ असोज २०७९, सोमवार १८:४३ बजे प्रकाशित












