रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका-६ गोरकट्टामा लु १६ प ६१३० नम्बरको मोटरसाइकल र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।
दुर्घटनामा लु १६ प ६१३० नम्बरको मोटरसाइकलमा सवार तिलोत्तमा ३ शंकरनगरकी समीक्षा खराल र सुग्रिम खरालको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ।
१३ भदौ २०७९, सोमवार १०:५३ बजे प्रकाशित












