वनबाट एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ
दाङको गढवा गाउँपालिका–७ स्थित ज्योती सामुदायिक वनबाट एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। राजपुर गाउँपालिका–१ का ४२ वर्षीय रामबहादुर चौधरी पक्राउ परेका हुन्।
आरोपीको साथबाट करिब १ सय ग्राम बारुद, ४ थान केप, १९ वटा फलामको गोली र १ सय २६ वटा फलामको छर्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। आरोपीमाथि अनुसन्धान गरिरहेको प्रहररीले बताएको छ।
१३ भदौ २०७९, सोमवार ०८:४० बजे प्रकाशित












