मोहना नदीले खतराको सतह पार ग¥यो, सर्तकता अपनाउन प्रशासनको आग्रह

कैलालीको मोहना नदीले खतराको सतह पार गरेको छ । आइतबारदेखि भइरहेको बर्षाका कारण नदीले खतराको सतह पार गरेको हो । नदीले खतराको सतह पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सोमबार बिहानसम्म पानीको सतह बढेर ३ दशमलव १५ मिटर पुगेको जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागले कान्द्रा, मोहना, खुटिया लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनुको साथै होचा ठाउँमा डुबान हुन सक्ने भएकाले सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।


१३ भदौ २०७९, सोमवार ०८:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु