शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्या बढ्यो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्या बढेको छ । पछिल्लो समय सार्वजनिक गरिएको तथ्याङ्क अनुसार निकुञ्जमा २३ सय १४ बाह्रसिङ्गा पुगेको निकुञ्ज कार्यालयले बताएको छ । गत वर्ष गरिएको गणनामा २२ सय ४६ रहेकोमा पछिल्लो समय ६८ ले बाह्रसिङ्गा बढेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए ।

उनका अनुसार २६२ वयस्क, ८५८ वयस्क पोथी, ४३ अर्ध वयस्क भाले, १५२ अर्ध वयस्क पोथी, १६४ पाठापाठी र लिङ्ग पहिचान हुन नसकेका ८३५ बाह्रसिङ्गा छन् ।  २०१४ यता निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्या २३ सयकै हाराहारी छ । त्यति बेला गरिएको गणनामा २३ सय १ बाह्रसिङ्गा थिए । त्यसयता २२ सयदेखि २३ सयकै हाराहारीमा बाह्रसिङ्गा भेटिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

गणना बाह्रसिङ्गा पाइने स्थानमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले टेलिस्कोप, बाइनोकुलर र क्यामेराको सहायताबाट गरेको हो । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशाल घाँसे मैदान ५४ वर्ग किलोमिटरमा फैलिएको छ ।


१२ भदौ २०७९, आइतवार १६:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु