सुनको मूल्य तोलामै ७ सयले घट्यो

आइतबार सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९५ हजार एक सय, तेजावी सुनको मूल्य ९४ हजार ६ सय र चाँदीको मूल्य ११ सय ६० रुपैयाँ तोकिएको छ ।

गत शुक्रबार सुनको मूल्य ९५ हजार ८ सय, तेजावी सुनको मूल्य ९५ हजार ३ सय र चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ थियो ।

 


१२ भदौ २०७९, आइतवार १५:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु